काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्चीमा मेलम्ची नगर पर्यटकीय कृषि तथा सांस्कृतिक महोत्सव २०८१ सुरु भएको छ । मेलम्ची नगर पर्यटकिय कृषि तथा सांस्कृतिक महोत्सव २०८१ मुल समितिको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सिन्धुपाल्चोकको सह आयोजनामा हुने कार्यक्रम जेठ ६ गतेसम्म चल्ने छ ।
सम्मेलनमा कृषि उपजहरुको पर्दशन,विक्रि,रमाइलो खेल तथा मनोरञ्जन,कलाकारहरुको प्रस्तुती र विभिन्न खानाको परिकार प्रर्दशन गरिने छ । मेलम्ची नगरपालिकाको विशेष सहयोग र मेलम्ची नगर उद्योग वाणिज्य सघंको संरक्षणमा हुने महोत्सवको शुक्रबार नगर प्रमुख आइतमान तामाङले उद्घाटन गरेका थिए । नगर प्रमुख तामाङले स्थानीय सांस्कृतिक, औद्योगिक, कृषि,पर्यटन लगायतको प्रर्वद्धनमा महोत्सवले ठूलो सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । “महोत्सव आन्तरिक पर्यटक प्रबद्र्धन र आर्थिक गतिविधि बढाउन सहयोगी हुने नगर प्रमुख तामाङले बताए।
प्रत्येक दिन राष्ट्रिय तथा स्थानिय कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रमसमेत गरिने महोत्सवमा विभिन्न मनोरञ्जनात्मक सामग्रि समेत राखिएको छ ।
प्रतिक्रिया