नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच समझदारी

मंगलबार, ०१ जेठ २०८१, १३ : ३४

काठमाडौँ-  नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष  सुनिल केसी र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ  । यस सम्झौताले वाणिज्य  बैंक, बीमा क्षेत्रलगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको  छ ।

मंगलबार, ०१ जेठ २०८१, १३ : ३४

प्रतिक्रिया