नेपाललाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाइने : राष्ट्रपति पौडेल

मंगलबार, ०१ जेठ २०८१, १६ : १७

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई उत्कृष्ट पर्यटकको गन्तव्यको रूपमा विकास गरिने बताएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय पर्यटकीय गन्तव्यको प्रोफाइल तयार पारी पर्यटकीय गन्तव्यको प्रवर्धन र विकास गरिने बताए । पर्यटनका सम्भावना भएका पहाडी भूभागमा स्थानीय स्रोत साधनहरूको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उनको भनाई छ । उनले ग्रेड हिमालय एण्ड ट्रेड लगायतको पदमार्गको निर्माण कार्यलाई तीव्रता दिइने बताए ।


 

मंगलबार, ०१ जेठ २०८१, १६ : १७

प्रतिक्रिया