काठमाडौं - सरकारले बन्द उद्योग चलाउने नीति ल्याएको छ । यो नीति भने पुरानैलाई पुनः दोहोर्याएको हो । संसद्को संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बन्द उद्योग चलाइने बताएका हुन् ।
निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौँडा कपडा उद्योगलाई सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८१\०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठकमा पारित भएको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया