काठमाडौं- जानकी फाइनान्स लिमिटेडले १ लाख २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीले यश अग्रवालको नाममा रहेको १ लाख १५ हजार कित्ता र सरोज कुमार सिंहको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन कम्पनी सचिवको कार्यालयमा पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया