काठमाडौं- आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबाट विद्युतीय गाडीमा सरकारले भन्सार बढाउने आशंकामा व्यापारीहरुले धमाधम मागभन्दा बढी गाडी भित्र्याउन थालेका छन् । यसअघि गाडीहरु नाकासम्म ल्याउने र नेपालमा बुकिङ भइसकेपछि मात्रै भन्सार पास गरेर गाडी ल्याउने गरेका व्यवसायीहरुले अहिले भने माग नहुँदा पनि ह्वात्तै गाडीको आयात बढाएका हुन् ।
सोरुममा उपलब्ध गाडीहरु बिक्री भइनसक्दा पनि मौज्दातका लागि व्यापारीहरुले धमाधम कार भित्र्याएका हुन् । तातोपानी भन्सार कार्यालयका अनुसार वैशाखमा मात्रै यस नाकाबाट वैशाखमा मात्रै ६७० वटा विद्युतीय कार भित्रिएका छन् । भन्सार अधिकृत दयानन्द केसीले विद्युतीय गाडीको आयात वैशाखमा ह्वात्तै बढेको जानकारी दिए ।
पछिल्लो समय गत वैशाख २५ गते चिनियाँ विद्युतीय कार बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले एकैदिन ३१ विद्युतीय कार काठमाडौं ल्याएको थियो । पछिल्लो आयात तथ्यांक हेर्दा विद्युतीय गाडीको माग पेट्रोलरडिजेल गाडीको तुलनामा अत्यधिक रहेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा मात्रै ७ हजार ९९ वटा विद्युतीय कार नेपाल भित्रिँदा पेट्रोलरडिजेल गाडी भने २ हजार ५५८ मा सीमित भएको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया