एकैदिन एक हजार ६०० रुपैयाँले महङ्गियो सुन

विहीबार, ०३ जेठ २०८१, ११ : १९

काठमाडौं-  नेपाली बजारमा आज सुनको मूल्यमा एकैदिन एक हजार ६०० रुपैयाँले महङ्गिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला एक हजार ६०० रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ कायम भएको छ । यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि आएको छ । महासंघको अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार, ०३ जेठ २०८१, ११ : १९

प्रतिक्रिया