गायक सपुत निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा नियुक्त

विहीबार, ०३ जेठ २०८१, १३ : ३६

काठमाडौँ - निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सपुतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीका लागि कम्पनीको छिटो, भरपर्दो, सुलभ र सुरक्षित रेमिट्यान्स सेवाका साथै वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्ने र चेतना जगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

निओ मनि ट्रान्सफर, पैसा परिवारलाई योगदान देशलाई भन्ने नाराका साथ कम्पनीको ग्राहक सन्तुष्टि र वित्तीय सशक्तिकरणमा ध्यान केन्द्रित गर्दै विश्वभर सुरक्षित, किफायती रेमिटेन्स सेवा सुविधा पुर्‍याउने लक्ष्य रहेको जनाएको छ । ब्रान्ड एम्बेसडरका रूपमा प्रकाश सपुतको नियुक्ति रेमिट्यान्स व्यवसायको सन्दर्भमा निओ मनि ट्रान्सफरलाई सामान्य घरपरिवारको नामको रूपमा चित्रण गर्ने रणनीतिक कदम भएको कम्पनीको भनाइ छ ।

रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने लक्ष्यलाई प्रवर्धन गर्नको निम्ति प्रकाश सपुतसँग साझेदारी गरेको निओ मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । 

विहीबार, ०३ जेठ २०८१, १३ : ३६

प्रतिक्रिया