सुनको मूल्यमा गिरावट

शुक्रबार, ०४ जेठ २०८१, ११ : ५८

काठमाडौँ - सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्दै १ लाख ३९ हजार ३ सय रुपैयाँमा झरेको हो ।

आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले मात्र घट्दै १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

शुक्रबार, ०४ जेठ २०८१, ११ : ५८

प्रतिक्रिया