काठमाडौँ - बागमती प्रदेशका जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारीचालकमाथि कारबाही गरेको छ ।
सो कारबाहीबाट १४ करोड ३३ लाख ६४ हजार राजस्व संकलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सिसिटिभी र ‘राडर गन’बाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालू आवको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवार साधनमाथि कारबाही गरेको हो ।
प्रतिक्रिया