काठमाडौँ - तेह्रथुममा ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन ढाका, परम्परागत बालीका परिकार, विभित्र जातजातिका खानाका परिकार, चिया, दूधजन्य परिकार, आदि प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
उद्योग वाणिज्य सङ्घ तेह्रथुम र पोखरी एकीकृत समाज म्याङलुङ १० तम्फुलाको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो । ५० हजार अवलोकनकर्ताले महोत्सव अवलोकन गर्ने र रु एक करोड बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
सांस्कृतिक झाँकीसहित म्याङलुङबजार परिक्रमा गरी सुरु भएको महोत्सव म्याङलुङ नगरपालिका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले उद्घाटन गरे । अठ्ठाइस प्रजातिका गुराँस तेह्रथुमको टिएमजे (तीनजुरे, मिल्के, जलजले) क्षेत्रमा पाइन्छ । तेह्रथुमको लालीगँराँस नगरपालिकामा पर्ने यो क्षेत्रमा तराईको गर्मी छल्न र गुराँस अवलोकन गर्न धेरै अवलोकनकर्ता आउने आङ्कलन आयोजकको छ ।
प्रतिक्रिया