काठमाडौँ - हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०\८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०\८१ को १० महिनामा रु २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० राजस्व सङ्कलन गरेको हो ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब चार दशमलव ५२ प्रतिशत कम राजस्व सङ्कलन हो । उपमहानगरपालिकाले चालु आवमा रु ३० करोड ९४ लाख पाँच हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा विभिन्न शीर्षकमा रु २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० राजस्व सङ्कलन भएको हो ।
उपमहानगरपालिकाले एकीकृत सम्पत्ति करबाट रु पाँच करोड ९४ लाख २० हजार, घरबहाल करबाट रु चार करोड ६६ लाख ८७ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु चार करोड ५९ लाख ८६ हजार, बहाल बिटोरी करबाट रु दुई करोड पाँच लाख ४७ हजार, सिफारिस दस्तुरबाट रु दुई करोड ८६ लाख ३१ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु एक करोड ९४ लाख २४ हजार, सरकारी सम्पत्ति बहालबाट रु एक करोड ९६ लाख, ढुङ्गा, गिट्टी, बालुवा बिक्रीबाट रु एक करोड ८० लाख, नक्सा पास दस्तुरबाट रु ७८ लाख ६२ हजार र प्रशासनिक दण्ड जरिवानाबापत रु ५१ लाख ३२ हजार दुई सय ५५ राजस्व सङ्कलन भएको छ ।
प्रतिक्रिया