सुनको मूल्यमा थप वृद्धि

आइतबार, ०६ जेठ २०८१, ११ : ५३

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्यमा थप वृद्धि भएको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको सुरुको दिन बढेर १ लाख ४० हजार ९०० रुपैयाँ पुगेको हो। 


यस्तै तेजावी सुन तोलामा तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । शुक्रबार तोलामा १८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर १९१० रुपैयाँ पुगेको हो । 
जसअनुसार चाँदीको मूल्य तोलामा ११० रुपैयाँ वृद्धि भएको छ । 

आइतबार, ०६ जेठ २०८१, ११ : ५३

प्रतिक्रिया