काठमाडौँ - आठ महिनामा मनाङमा नौ सय ५० सवारीचालक कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०\८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कारर जीप, ५० ट्याक्टर र दश मोटरसाइकल गरी सवारीचालक कारबाहीमा परेका हुन् ।
प्रहरी नायब उपरीक्षक एवम् प्रमुख नरेशकुमार सिंहले कारबाहीबाट रु नौँ लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । त्यसमध्ये ट्रक कारबाहीबाट रु ५१ हजार, कार जीपबाट रु आठ लाख २९ हजार पाँच सय, ट्याक्टर कारबाहीबाट रु ५२ हजार, मोटरसाइकल कारबाहीबाट रु सात हजार राजस्व सङ्कलन भएको उनले बताए । चालु आवको साउनमा ८० सवारी चालकबाट रु ८१ हजार पाँच सय, भदौमा ६७ बाट रु ६५ हजार, असोजमा एक सय ४५ बाट रु एक लाख ४८ हजार पाँच सय र कात्तिकमा दुई सय ९१ सवारीचालक कारबाहीबाट रु दुई लाख ९५ हजार पाँच सय राजस्व संकलन भएको छ ।
यस्तै मङ्सिरमा एक सय ७५ सवारीचालकबाट रु एक लाख ६६ हजार, पुसमा ४३ बाट रु ३८ हजार पाँच सय, माघमा १५ बाट रु ११ हजार पाँच सय, फागुनमा ४२ बाट रु ३४ हजार र चैतमा ९२ सवारीचालक कारबाहीमा परेकाले रु ९९ हजार राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । मनाङमा कम सवारीसाधन सञ्चालन हुने गरे पनि कानुनी तथा ट्राफिक नियम पालना नगर्दा कारबाहीमा पर्ने गरेका छन् । त्यसैले ट्राफिक नियमको पालना गर्न जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया