१० महिनामा ११अर्ब ५९ करोड राजस्व संकलन

आइतबार, ०६ जेठ २०८१, १५ : २६

काठमाडौँ - मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार कार्यालय काँकडभिट्टामा चालु आवको वैशाखसम्ममा गत आवको तुलनामा आयात ८.२४ प्रतिशतले घटेको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारीका अनुसार चालु आवको वैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ । पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ’। पेट्रोल, फलामका सामग्री र फलफूलको जुसलगायतको आयातमा सामान्य वृद्धि भए पनि डिजेल, तरकारी, जुट, जिप्सम, कपडा एलपिजीलयायतका सामग्रीको आयात गत आवको पहिलो दश महिनाको तुलनामा घटेको हो । निर्यात ११ दशमलव ३८ प्रतिशतले बढेको छ । 


 

आइतबार, ०६ जेठ २०८१, १५ : २६

प्रतिक्रिया