अमेरिकी डलरको सटहि दर घट्यो , अन्यको कति ?

बुधबार, ०९ जेठ २०८१, ०५ : ४३

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य घट्दा पाउन्डको भने बढेको छ।


 राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा थियो।

त्यसैगरी  युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा थियो। बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा थियो। 
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३५ पैसा थियो। 

त्यस्तै कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ४८ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा  थियो। 


बुधबार, ०९ जेठ २०८१, ०५ : ४३

प्रतिक्रिया