काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य आज एक हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३८ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ५० सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया