सरकारमाथि ऋणको भार बढ्दै, झण्डै २४ खर्ब पुग्यो

३ हप्ता अगाडि

काठमाडौं – मुलुकमा आर्थिक मन्दीको प्रभाव चौतर्फी देखापर्न थालेको छ । निर्यात भन्दा आयात अत्यधिक बढ्न गै सरकारमाथि ऋण थपिने क्रम बढिरहेको छ । सरकारमाथि झण्डै २४ खर्ब ऋण पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा २२ खर्ब ९९ अर्ब सार्वजनिक ऋण रहेकोमा १० महिनामा ९८ अर्ब ८ करोड रुपैयाँ थप भएको छ । यो भनेको चालु वर्ष लिएको ऋण र भुक्तानी गरेको ऋण घटाएर आएको रकम हो ।

यो सँगै देशको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब पुगेको छ । चैत महिनाको तुलनामा भने वैशाखमा ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको हो । कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४२।२ प्रतिशत पुगेको छ ।

अहिले देशमा ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋण छ भने १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ आन्तरिक ऋण छ । यो अवधिमा सरकारले १ खर्ब ६६ अर्ब ५५ करोड रुपैयाँ ऋण भुक्तानी गरिसकेको छ ।

आन्तरिक ऋण १ खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋण ७३ अर्ब ६३ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

चालु आर्थिक वर्षमा जम्मा ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गने लक्ष्य राखिएकोमा वैशाख मसान्तसम्म २ खर्ब ६४अर्ब ऋण प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया