गुगलले भारतमा पिक्सेल स्मार्टफोन र ड्रोन निर्माण गर्ने

शुक्रबार, ११ जेठ २०८१, १५ : १६

काठमाडौं-  गुगलले भारतमा पिक्सेल स्मार्टफोन र ड्रोन निर्माण गर्ने भएको छ । कम्पनीले तामिल नाडु राज्यमा रहेको फक्सकन फ्याक्ट्रीमा यी उपकरण उत्पादन गर्न लागेको हो ।

यसका लागि गुगल र फक्सकनबीच सम्झौता हुने तयारी भइरहेको बीबीसीले जनाएको छ । हाल ​तामिल नाडुमा फक्सकनका दुई ओटा फ्याक्ट्री सञ्चालन भइरहेका छन् । त्यसमध्ये चेन्नाई सहर नजिक भएको फ्याक्ट्रीमा अहिले आईफोन एसेम्बल भइरहेको छ । भारतीय अधिकारीहरू र गुगलका प्रतिनिधिबीच सकारात्मक वार्ता भएपछि स्मार्टफोन र ड्रोन निर्माणको योजना अगाडि बढेको बीबीसीले उल्लेख गरेको छ । ​

शुक्रबार, ११ जेठ २०८१, १५ : १६

प्रतिक्रिया