ढोरपाटनमा १० महिनामै उठ्यो साढे ४ करोड राजस्व

३ हप्ता अगाडि

काठमाडौँ - ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व संकलनसमेत वृद्धि हुन थालेको छ ।  सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ४८ लाख १५ हजार राजस्व संकलन गरेको हो  । 

२०४४ सालमा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिँदै आएको छ । अघिल्लो आर्थिक वर्षमा तीन करोड ४८ लाख मात्रै राजस्व संकलन भएकामा यो आर्थिक वर्षको अन्त्यमा दोब्बर संकलन गर्ने सिकार आरक्षले लक्ष्य राखेको छ । ढोरपाटनमा वर्षमा दुई याम सिकारका लागि खुला गरिन्छ । पहिलो याम (असोज-मंसिर) र दोस्रो सिजन (फागुन-वैशाख) हो । यस वर्ष दुई याममा ३० वन्यजन्तुको सिकार भएको छ । चालु आर्थिक वर्षमा सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै चार करोड २६ लाख राजस्व संकलन भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले कोटाका आधारमा सिकारीको ठेक्का खुलाउने र ठेक्का पर्ने सिकार ढोरपाटन आउने गर्छन् । 

३ हप्ता अगाडि

प्रतिक्रिया