काठमाडौँ - भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व संकलन गरेको छ । नगरपालिकाले गत आवको तुलनामा एक करोड १६ लाख ७२ हजार आठ सय २९ रकम बढी राजस्व संकलन गरेको हो ।
गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ राजस्व संकलन गरेको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व संकलन गरेको हो ।
प्रतिक्रिया