प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुन

मंगलबार, १५ जेठ २०८१, ११ : १८

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। अघिल्लो दिन ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम थियो ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९२० रुपैयाँ कायम भएको छ ।

मंगलबार, १५ जेठ २०८१, ११ : १८

प्रतिक्रिया