आगामी आव १६ लाख पर्यटक भित्र्याइने

मंगलबार, १५ जेठ २०८१, १५ : ५५

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ मा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।

सन् २०२३ का लागि १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सफलता मिलेसँगै उत्साहित भएको सरकारले आउँदो वर्ष १६ लाखको महत्त्वाकाङ्क्षी लक्ष्य राखेको हो । यसका लागि आवश्यक पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू अघि बढाइने अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जानकारी दिए ।

मंगलबार, १५ जेठ २०८१, १५ : ५५

प्रतिक्रिया