काठमाडौं - सरकारले आगामी आव २०८१\८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री बर्षमान पुनले मगलबार संघीय संसद्मा सो बराबरको बजेट पेश गरेका हुन् ।
त्यसमा ११ खर्ब ४० अर्ब ६६ करोड चालु र ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत बजेट रहेको छ । यसैगरि ३ खर्ब ६७ अर्ब १८ करोड वित्तिय व्यवस्थापन तर्फ बिनियोजन गरिएको छ । चालु आवको तुलनामा यो बजेट ६.२ प्रतिशतले बढी हो । सरकाले आगामी आवमा १२ खर्ब ६० अर्ब ३० करोड राजश्व स्रोत जुटाउने भएको छ । यसैगरि वेदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ ल्याइनेछ । त्यो अनुसार सरकार खर्च धान्न ५ खर्ब ४७ अर्ब ६७ करोड ऋण लिनुपर्ने देखिन्छ । त्यसमा २ खर्ब १७ अर्ब वैदेशकि ऋण र ३ खर्ब ३० अर्ब आन्तरकि ऋण उठाइनेछ ।

प्रतिक्रिया