काठमाडौं – पूर्व –पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ। उक्त सडकखण्ड दुई दिनदेखि अवरुद्ध भएको थियो । सरकारको बेवास्ता र ठेकेदार कम्पनिको ढिलासुस्तीको कारण बर्षेनी यात्रुहरुले त्यहाँ सास्ती भोग्दै आएका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए।
उक्त सडक विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैं सास्ती खेप्दै आएका छन्। यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो।
प्रतिक्रिया