आज पनि बढ्यो सुनको मुल्य

बुधबार, १६ जेठ २०८१, ११ : १०

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९३० रुपैयाँ कायम भएको छ ।

बुधबार, १६ जेठ २०८१, ११ : १०

प्रतिक्रिया