स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

बुधबार, १६ जेठ २०८१, १३ : ५८

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । सोही लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको उनले बताए ।

स्थानीय तहमा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापना लगायतका लक्ष्य बजेटमार्फत लिइएको बताइएको छ । यिनै लक्ष्यसहित केन्द्र सरकारले स्थानीय तहलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उनको भनाई छ । यसबाहेक त्यस क्षेत्रका पूर्वाधारलाई आर्थिक विकासको आधारका रूपमा तय गर्ने गरी विकास गर्ने लक्ष्य लिएको बताए । यसबाहेक औद्योगिक ग्राम र गतिशील अर्थतन्त्रको केन्द्र बनाउने लक्ष्य लिइएको छ ।

बुधबार, १६ जेठ २०८१, १३ : ५८

प्रतिक्रिया