रुग्ण अवस्थामा रहेका उद्योगको सञ्चालन सहजरुपमा गर्न नसकिने : अर्थमन्त्री

बुधबार, १६ जेठ २०८१, १४ : १४

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले रुग्ण अवस्थामा रहेका उद्योगको सञ्चालनसहजरुपमा गर्न नसकिने निष्कर्ष निकालेका छन् । आगामी वर्षको बजेट प्रस्तुतपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘रुग्ण उद्योगलाई अहिलेकै अवस्थामा चलाउन सक्ने स्थिति छैन ।’

सोही कारण, रुग्ण अवस्थामा रहेका उद्योगलाई चलाउनका लागि सरकारले नयाँ रणनीति लिने उनको भनाइ छ । अहिलेको अवस्थामा चलाउन नसक्ने भएपनि नयाँ रणनीति बनाएर भने चलाउन सकिने उनको भनाई छ । सरकारले पछिल्ला आर्थिक वर्षमा रुग्ण उद्योग चलाउने घोषणा गर्दै आइरहेको छ । तर घोषणामा नै सीमित यो योजना प्रत्येक सरकारले आफ्नो बजेटमा राख्दै आइरहेका छन् । तर पनि चलाउन भने सकेका छैनन् ।

बुधबार, १६ जेठ २०८१, १४ : १४

प्रतिक्रिया