सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरू आक्रोशित हुँदै हडतालमा

बुधबार, १६ जेठ २०८१, १४ : ३०

काठमाडौँ- दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको वार्तामा रोक लगाएको आक्रोशित हुँदै त्यसको विरुद्ध हडतालमा उत्रने चेतावनी दिएका छन् । 

तलब सुविधा सम्बन्धी लामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमित वार्ता गर्दै आएका छन् । वार्तामा सहमति हुन नसक्दा उनीहरूबिचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल भएका छन् ।

कामदारहरूले वार्ता असफल भएको विरोधमा पहिलो पटक वाकआउट चिन्ह लगाउने भएका छन् । आजबाट उनीहरू सार्वजनिक प्रदर्शनीमा उत्रने तयारीमा छन् । ‘व्यवस्थापनले मजदुरलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण हडताल घोषणा गर्छौँ,’ मजदुर युनियनले भनेको छ । विश्वका ७४ देशमा व्यापार विस्तार गरेको सामसुङमा २ लाख ७० हजार कामदारले रोजगारी पाएका छन् । 
-एजेन्सी

बुधबार, १६ जेठ २०८१, १४ : ३०

प्रतिक्रिया