काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेटले देशको आर्थिक नीतिको धज्जी उडाएको भन्दै आलोचना भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले एक कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् ।
नेपाल फलामे छड उत्पादक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले अर्थमन्त्री पुनले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । सरकारले प्रत्येक वर्ष बजेट जारी गर्दा नीतिहरु फेरबदल गरेर आर्थिक नीतिको धज्जी उडाएको उनको आरोप छ।
साथै उपाध्यक्ष श्रेष्ठले सरकारले देशमा औद्योगिकीकरणको वातावरण बिगारेको पनि आरोप लगाएका छन् ।
प्रतिक्रिया