काठमाडौं- नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अहिले पनि लोडसेडिङ कायमै रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले बिहीबार आयोजना गरेको बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले उद्योगमा अझै पनि लोडसेडिङ भइरहेको बताए । यसले उद्योगहरु समस्यामा पर्दै आएको बताउँदै उनले यसबारे ध्यान दिन सरकारलाई आग्रह गरे । उनले भने, 'अहिले पनि लोडसेडिङ कायमै छ । यसले उद्योगहरु समस्यामा पर्दै आएका छन् । यसबारे सरकारले ध्यान दिनु पर्छ ।'
यसैगरी आगामी आवको बजेटबारे टिप्पणी गर्दै उनले सरकारले लिएको लक्ष्य निजी क्षेत्रको सहकार्यमा मात्रै पूरा गर्न सकिने बताए ।स्वदेशी वस्तुको खपत बढाउनका लागि आर्थिक राजस्व संकलन गर्न गाह्रो छ भएको उनको भनाइ थियो । सरकारले स्रोत जुटाउन आगामी वर्ष ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ ऋण लिँदैछ । यो ऋणको दायित्वका कारण पुँजिगत खर्च घट्नसक्ने अध्यक्ष अग्रवालले बताए ।
प्रतिक्रिया