मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि आज समाप्त हुने

शुक्रबार, १८ जेठ २०८१, ०९ : ५०

काठमाडौँ- मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको लक इन अवधि आज समाप्त हुने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लक इन अवधि आज सकिन लागेको जनाएको हो ।

 कम्पनीले आम सर्वसाधारण्का लागि निष्कासन गरेको आईपीओ गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । आज उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ । साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर रोक्का हुने प्रावधान रहेकाले आजबाट उक्त सेयरको लक इन अवधि समाप्त हुन लागेको हो । 

शुक्रबार, १८ जेठ २०८१, ०९ : ५०

प्रतिक्रिया