काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ गृहकार्य भइरहेको बताएका छन् । गोरखापत्र संस्थानले गरेको फोटो प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री तामाङले सन् २०२४ मा १६ लाख पर्यटक भित्राउने लक्ष्यका साथ गृहकार्य भइरहेको बताए।
साहसिक पर्यटकलाई आकर्षित गर्ने सोच बनाएको बताउँदै उनले धार्मिक तथा सांस्कृतिक पर्यटकलाई पनि आर्कषित गर्ने सरकारको सोच रहेको बताए। ‘सन् २०२४ मा १६ लाख पर्यटकहरु भित्राउने लक्ष्य राखेका छौँ। कसरी भित्राउने भन्ने सम्बन्धमा गृहकार्य गर्ने क्रममा छौँ। खासगरी साहसिक पर्यटनलाई कसरी आकर्षित तुल्याउनेरु धार्मिक र सांस्कृतिक पर्यटकलाई कसरी आकर्षित तुल्याउनेरु भन्ने कुरादेखि लिएर अन्य व्यवस्थापकिय पक्षलाई कसरी सुधार गर्नेरु भन्ने कुराहरुको सोँच बनाइराखेका छौँ’, मन्त्री तामाङले भने।
पर्यटकहरूको वृद्धि गर्न हवाई सेवालाई सुलभ, सरल र प्रभावकारी बनाउनुपर्ने अवस्था रहेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यान रहेको बताउँदै उनले धार्मिक पर्यटन क्षेत्रमा पर्यटकलाई बढीभन्दा बढी समय बिताउनका लागि थपप सुविधाहरुको विकास गर्ने कुरामा पनि सरकारले सोचेको बताए। ‘हवाई सेवालाई कसरी सुलभ, सरल, प्रभावकारी बनाउने भन्ने कुराहरु पनि यसमा जोडिन्छ। त्यतिमात्रै होइन लुम्बिनीमा बौद्ध धर्मावलम्वीहरु आउँछन् तर हवाइ सेवा भरपर्दो र नियमित रुपमा दिन सकेका छैनौँ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या कसरी समाधान गर्ने भन्ने छ। काठमाडौंमा पूर्विय संस्कृतिको केन्द्र पशुपति छ। पशुपतिमा पनि धार्मिक पर्यटकलाई एकछिन भित्राउने कुरा महत्वपूर्ण होइन। पर्यटकलाई बढीभन्दा बढी समय बिताउने खालको अरु सुविधाहरुको थप विकास कसरी गर्न सकिन्छ भनेर सोच्नुपरेको छ। मोटामोटी लक्ष्य निर्धारण गरेका छौँ। लक्ष्य पूरा गर्न कार्यक्रमिक रुपमा धेरै वर्कआउट गर्नुपर्ने अवस्था छ। आगामी दिनमा नेपालमा पर्यटन क्षेत्र अरु क्षेत्रभन्दा वैदेशिक मुद्रा आर्जन गर्नेदेखि लिएर रोजगार सिर्जना गर्ने कुरा लिएर, नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याउने पर्यटन क्षेत्र नै हो भन्ने अनुभुति गराउने हिसाबले अगाडी बढ्नुपर्छ भन्ने सोच छ।’
प्रतिक्रिया