काठमाडाैं - सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाख ६ हजार २८० बढी पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार सबैभन्दा धेरै नेपालमा भारतिय पर्यटक आउने गर्दछन् । दोस्रो स्थानका लागि चिनियाँ र अमेरिकी पर्यटकको प्रतिस्पर्धा देखिन्छ ।
पछिल्लो पाँच महिना भारतबाट मात्र १ लाख ४८ हजार ८ सय ६१ पर्यटक नेपाल आएका छन् । मे २०२४ मा मात्र भारतबाट ३८ हजार २ सय ८८ नेपाल आएका छन् । पाँच महिनामा चीनबाट ४६ हजार ६ सय ७१ आएका छन् । मेमा मात्र ८ हजार ३ सय ८१ चिनियाँ नेपाल आएको आँकडा छ । जुन अघिल्लो वर्षको तुलनामा ७९।६ प्रतिशत धेरै हो ।
अमेरिकाबाट पाँच महिनामा ४५ हजार ३ सय ७३ पर्यटक नेपाल आएको तथ्यांक छ । मे २०२४ मा अमेरिकाबाट ८ हजार ५ सय २७ नेपाल आएका छन् । अघिल्लो वर्ष यसै महिना अमेरिकाबाट ८ हजार ४ सय ५४ आएका थिए । २०२४ मेमा बंगलादेशबाट अघिल्लो वर्षको तुलनामा ५९।८ प्रतिशत धेरै पर्यटक आएका छन् । त्यहाँबाट कुल ३ हजार ४ सय ५८ नेपाल भ्रमणमा आएको तथ्यांक छ । बेलायतबाट यो महिनामात्र २ हजार ८ सय २ जना नेपाल आएका छन् । थाइल्यान्ड, म्यानमारजस्ता मुलुकबाट भने नेपालले अपेक्षित पर्यटक भित्र्याउन सकेको छैन । जनवरी ७९,१००,फेब्रुअरी ९७,४२६,मार्च१,२८,१६७ अप्रिल १,११,३७६,मे ९०,२११
प्रतिक्रिया