वर्ल्डलिंक, भायानेट लगायतका इन्टरनेटमा  समस्या

सोमबार, २१ जेठ २०८१, १३ : १७

काठमाडौँ - भारतबाट आउने अपस्ट्रिममा समस्या आउँदा वर्ल्डलिंक, भायानेट लगायतका इन्टरनेटमा समस्या देखिएको छ ।

केही समयदेखि वर्ल्डलिंक, भायानेट, टेकमाइण्डस् लगायतका इन्टरनेट सेवा प्रदायकले वितरण गरेको इन्टरनेटमा पटक-पटक समस्या आउँदा ग्राहकले समस्या भोग्दै आएका छन् । केही हप्ताअघि पनि भारतबाट आउने अपस्ट्रिम इन्टरनेटमा समस्या आएको वर्ल्डलिंकले जनाएको थियो ।  वर्ल्डलिंक इन्टरनेट प्रोभाइडरले सर्भर डाउन भएर सो सम्स्या आएको आजको अर्थलाई बताएको छ । 

सोमबार, २१ जेठ २०८१, १३ : १७

प्रतिक्रिया