प्रतितोला ५०० रुपैंयाले घट्यो सुनको मुल्य

बुधबार, २३ जेठ २०८१, ११ : १३

काठमाडौं- साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ । उक्त दिन सुनको भाउ प्रतितोला ५०० रुपैंयाले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैंयाले बढेर १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार, २३ जेठ २०८१, ११ : १३

प्रतिक्रिया