सीजी कम्युनिकेसन्सको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज

२ हप्ता अगाडि

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले सीजी कम्युनिकेसन्स लिमिटेडको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ।

प्राधिकरणबाट सीजी कम्युनिकेसन्सले पाएको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज भएको हो। चौधरी ग्रुपको तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले लाइसेन्स खरिद गरे पनि सेवा सञ्चालन गरेको थिएन। देशका सबै ठाउँमा नेटवर्क विस्तार गर्ने आभारभूत लाइसेन्स मागिरहेको चौधरी ग्रुपले सरकारबाट सो नपाएपछि ग्रामीण दूरसञ्चार सेवा मात्रै सञ्चालन नगरेको हो। २००३ नोभेम्बर २१ मा चौधरी ग्रुपले लिएको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र तोकिएको अवधिभित्र नवीकरण नगरेकाले स्वत: खारेज भएको प्राधिकरणले जनाएको छ।

‘नवीकरणका लागि दूरसञ्चार नियमावली ५०५४ को नियम १२ बमोजिम तोकिएको अवधिभित्र नवीकरण दस्तुरसहित निवेदन पेस नगरेकाले सीजी कम्युनिकेसन्सको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र २०८० मंसिर १६ देखि स्वतस् रद्द भएको छ,’ प्राधिकरणले भनेको छ।

२ हप्ता अगाडि

प्रतिक्रिया