काठमाडौँ - ३३ अर्ब ४१ करोडको बजेटमा कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड अर्थात ३३ प्रतिशत रकम खर्च गरेको छ । आर्थिक वर्ष सकिन अब एक महिना र केही दिन मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारले खर्च गर्नुपर्ने बजेट भने २२ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।
यसमध्ये पूँजीगततर्फ २५ दशमलव ६६ प्रतिशत र चालुतर्फ ४३ दशमलव ७८ प्रतिशत रकम खर्च भएको छ । वैशाख महिनामा मात्रै १ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सरकारले जेठ महिनाको १६ दिनमा मात्र झण्डै ८३ करोड खर्च गरेको छ । प्रदेश सरकारको खातामा अहिले करिब २२ अर्ब रुपैयाँ मौज्दात छ । त्यसमध्येको १४ अर्ब विकास बजेट खर्च हुन सकेको छैन । सबैभन्दा बढी विकास बजेट भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले अझै ९ अर्ब ७ करोड र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ३ अर्ब २६ करोड रुपैयाँ खर्च गर्न बाँकी छ ।
प्रतिक्रिया