रसिया पठाइदिने भन्दै  ठगी गर्ने पक्राउ

शनिबार, २६ जेठ २०८१, १७ : ४६

काठमाडौँ - विद्यार्थी भिसामा रसिया पठाइदिन भन्दै १० लाखभन्दा बढी रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

रसियन एम्बेसीबाट जारी भएको भनी नक्कली कागजातहरु देखाई विश्वासमा पारी यमुनामाई गाउँपालिका वडा नं. २ बस्ने जितेन्द्र कुमार यादवसँग १० लाख ७० हजार ७२० रुपियाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा नं. २ बस्ने २३ वर्षीय राहुल कुमार प्रजापति रहेका छन् ।  ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइइरहेको प्रहरी नायब उपरीक्षकले जानकारी दिए।

शनिबार, २६ जेठ २०८१, १७ : ४६

प्रतिक्रिया