काठमाडाैं - आज वि.सं२०८१ साल जेठ महिनाको २७ गते आइतबार, ज्येष्ठ शुक्लपक्षको तृतीया तिथि ।
मेष
यर बजारको कारोवारमा विचार गरेर मात्र अघि बढ्नु लाभदायिक होला । छोटोछोटा यात्रा गर्ने अवसर मिल्ने छ । प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने छ । भाग्यको साथ नभएको आभाष हुने छ भने यसले कार्य सफलतामा बाधा उत्पन्न हुने छ ।
वृष
आजको व्यवसायमा हात हाल्ने शुभअवसरको रुपमा अघि बढ्दा लाभ हुन सक्छ । शेयर बजारको संलग्नता फलदायि हुन पुग्ने छ ।अनुसन्धान तथा खोजमुल क्षेत्रका व्यक्तिहरुलाई पनि लाभ प्राप्त हुने छ ।
मिथुन
सेयर बजारमा लगानी नगर्नु नै आजका लागि तपाइको जित हुने छ । ठेक्कापट्टामा सक्रियहरुलाई पनि लाभ प्राप्त हुने छ । छोटो यात्रा संम्भावना रहेको छ । साथीभाईबाट साथ सहयोग पाउन सकिन्छ ।
कर्कट
ब्यक्तित्व प्रभावकारीता बढ्ने छ । तर अत्याधिक रिसाहा व्यक्तित्व पनि देखा पर्ने भएकाले यसमा भने ध्यान दिनुहोला । सूचना, प्रविधि तथा सर्जिकल क्षेत्रका व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । अन्यको हकमा सोचे जस्तो आम्दानी हुने छैन् । शेयर बजारमा निकै सोचेर मात्र लागानीको जोखिम लिँदा उत्तम हुने छ ।
सिंह
नेतृत्वमा सफलता मिल्ने छ । निजामति, न्याय, प्रशासनको क्षेत्रमा सक्रियहरुले सफलता तथा अभिवृद्धिको अवसर प्राप्त गर्ने छन् । फलाम, उद्योग, कलकारखाना, यातायात क्षेत्र, केमिकल्स आदी क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । शेयर कारोवारमा औसत लाभ प्राप्त हुने छ ।
कन्या
कर्मशिलता र सक्रियतामा अभिबृद्धि हुने छ । नेतृत्वमा रहेका व्यक्तिहरुलाई अपजस आउने छ । पेशागत जीवनमा उल्झनहरु तथा आरोप प्रत्यारोप र अपमान लाग्ने छ । शेयर बजारको संलग्नताले केही लाभ प्रदान गर्ने छ ।
तुला
दाम्पत्यको सक्रियताले आम्दानीमा बृद्धि हुन पुग्ने छ । फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कल कारखानाजन्य क्षेत्रका व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । पेशागत सफलताबाट भाग्यको अभिबृद्धि हुन पुग्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।
वृश्चिक
भाग्यको साथका कारण अड्केका काम अघि बढ्ने छ । सोचेका र योजना बनाएका महत्वाकांक्षाहरु पुरा हुनेतर्फ जाने छन् । धन धान्यमा बृद्धि हुने छ । धेरै चुनौतिले भरिएका निर्णयहरु लिँदा भने ध्यान दिनु पर्ने छ । साझेदारीमा द्वन्द देखा पर्ने छ । शेयर बजारमा भने केही गुमाउनु पर्ने छ ।
धनु
प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने छ । जीवनसाथिको साथले अघि बढेमा व्यवस्थापकीय क्षेत्रमा लाभ मिल्ने छ । पैतृक सम्पत्तिको परिचालनमा सफलता मिल्ने छ भने लाभ हुने छ । जोखिमपूर्ण निर्णयहरु लिन आँट आउने छ । शेयर बजार अनुकूल रहने छैन् ।
मकर
धन सम्पत्तिमा बृद्धि हुने छ । साझेदारीमा सफलता मिल्ने छ । जीवनसाथिका कारण धन धान्य बृद्धिमा मद्दत मिल्ने छ । भाग्यको अभिबृद्धि हुने भएकाले कार्यसफलता मिल्ने छ । शेयर कारोवार तथा सट्टोबाजीका क्षेत्रमा उत्साह जाग्ने छ र फाइदा पनि मिल्ने छ ।
कुम्भ
मनमा अलि निराशा आउने छ । शिर भारी हुने तथा टाउकोसँग सम्बन्धी समस्याले पिरोल्ने छ । मेहनत र पराक्रममा भने बृद्धि हुने छ । पेशागत जीवनमा उल्झनहरु आउने भएकाले सतर्क रहनु होला । साझेदारीमा समस्याहरु देखा पर्ने छन् । शेयर बजार औसत खालको रहने छ ।
मीन
विदेश यात्रामा जाने विषयले तिब्रता पाउने छ । शैक्षिक तथा बौद्धिक क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । पेशागत जीवनमा केही उल्झनहरु आउने छन् । जीवनसाथिको साथसहित कार्य गरेमा मेहनत र पराक्रम बढ्न जाने भएकाले केही सफलता प्राप्त हुने छ । शेयर बजारबाट आँशिक लाभ प्राप्त हुने देखिन्छ ।
प्रतिक्रिया