काठमाडाै- सासंदहरुले बजेटमा भएको रातो किताबको अध्ययन गर्न दुई दिनको समय मागेपछि प्रतिनिधि सभा स्थगित भएकोछ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतहरुसँग राखेको छलफलमा यो प्रस्ताव भएको सूचना टाँसेर स्थगित भएको जानकारी दिएका हुन ।
अब २९ गतेदेखि नियमित छलफल हुनेछ । सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित रहेको थिए ।
प्रतिक्रिया