ज्याला र जर्तीमा रिद्धि सिद्धि ज्वेलर्सले भारी छुट दिने

आइतबार, २७ जेठ २०८१, १२ : ०१

काठमाडौँ - काठमाडौँ  विशालबजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सले ज्याला र जर्तीमा भारी छुट दिने भएको छ । सुनको मूल्य बढिरहेको सन्दर्भमा रिद्धि सिद्धिले ग्राहकलाई ज्याला र जर्तीमा छुट दिने योजना ल्याएको हो । 

जसअनुसार अब १२ प्रतिशत ज्याला जर्ती शुल्क घटाएर ७ प्रतिशत कायम गरिएको छ । यो योजना असार १५ गतेसम्म लागू हुने व्यवसायी नरेन्द्र गुप्ताले जानकारी दिए । उनका अनुसार यो अफर ५ ग्राम भन्दा बढी २४ क्यारेटका सुन खरिद गर्ने ग्राहकको हकमा लागु हुनेछ । श्री रिद्धि सिद्धि ज्वेलर्स विशाल बजारस्थित पसल नम्बर १ र १० मा सञ्चालनमा रहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यवृद्धिका साथै सरकारले भन्सार दर समेत वृद्धि गरेपछि सुनको मूल्य वृद्धि हुँदै आएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । 
 

आइतबार, २७ जेठ २०८१, १२ : ०१

प्रतिक्रिया