गलेश्वर आश्रमको ९९ औं बार्षिकोत्सव सम्पन्न

२ हप्ता अगाडि

काठमाडौँ - देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको ९९ औं बार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) को ४९ औं स्मृति दिवस भएको छ । 

दिवसको अवसरमा शनिबार आश्रम परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो  । आश्रमका पिठाधिश अनन्त विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती तथा महेश सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजले देवघाटको महिमाको चर्चा गर्दै गुरुकुल र आश्रमहरुको थलोको रुपमा रहेको देवघाटलाई राज्यले उपेक्षा गरेको बताए । देवघाटको ठुलो महिमा भएको हुँदा यसलाई राज्यले चिन्नुपर्ने सन्तहरुको भनाई थियो ।
 
गलेश्वर आश्रमका पिठाधिश पिठाधिश अनन्त श्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले देवघाटमा आउने भक्तजनहरुले मन्दिरको अभाव महशुस गरेपछि दान र चन्दा उठाएर आश्रम परिसरमा सिद्धेश्वर महादेवको मन्दिर निर्माण गरिएको बताए । उक्त मन्दिर पशुपती नाथको मन्दिर भन्दा ठुलो भएको भन्दै मन्दिर बनाउन राज्यको एक रुपैयाँ पनि लगानी नभएको बताए ।सो कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी जनादर्न गौतम र चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले देवघाटका मठ मन्दिर आश्रमलाई स्थानीय प्रशासनको तर्फबाट गर्नुपर्ने सहयोगहरु गर्ने प्रतिबद्धता जनाएका थिए ।

सो अवसर बृहत धार्मिक अनुष्ठान, स्मृति सभा तथा विशाल भन्डारा तथा लियो क्लव देवघाटको संयोजनमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । तपस्वी अष्टाङ्ग योगसिद्ध योगिराज श्री ईश्वरानन्द ब्रह्मचारी ९गलेश्वर बाबा० ले आफ्नो साधनास्थलको रुपमा कालीगण्डकी नदीलाई पच्छ्याउने क्रममा वि।सं।१९८२ सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी उक्त गलेश्वर आश्रमको स्थापना गरेका थिए । वि।सं।२०३२ साल जेष्ठ शुक्ल द्वितीयाका दिन गलेश्वर बाबा ब्रह्मलीन भएका थिए ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया