कान्तिपुर सहकारीका पूर्व अध्यक्ष सीबी जेल चलान

आइतबार, २७ जेठ २०८१, १७ : ४६

काठमाडौं - कान्तिपुर र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड (सहकारी) को रकम अपचलन गरेको आरोपमा पक्राउ परेका  सीबी (चन्द्र बहादुर) लामा जेल चलान भएका छन् ।

कान्तिपुर सेभिङका पूर्वध्यक्ष समेत रहेका लामालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै केन्द्रीय कारागार सुन्धारा पठाइएको छ। उनीमाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र पशुपति सेभिङ एण्ड क्रेडिटका बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ रकम अपचलन गरेको आरोप छ । उनलाई यही जेठ १८ गते पक्राउ गरिएको थियो ।


 

आइतबार, २७ जेठ २०८१, १७ : ४६

प्रतिक्रिया