सुनचाँदीको मूल्य स्थिर

सोमबार, २८ जेठ २०८१, ११ : ३३

काठमाडौँ - आइतबार एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको सुनको भाउ आज भने स्थिर रहेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको हो ।महासङ्घका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ थियो । आज सोही मूल्य कायम भएको महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

 
 

सोमबार, २८ जेठ २०८१, ११ : ३३

प्रतिक्रिया