काठमाडौं - सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ गरेका छन् ।
ठगीको मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुनमा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए ।
प्रतिक्रिया