काठमाडाैं -आज वि।सं।२०८१ साल जेठ महिनाको २९ गते मंगलबार, ज्येष्ठ शुक्लपक्षको पञ्चमी तिथि ।
मेष
तपाईको आजको दिन शुभ रहने छ । शेयर कारोबारबाट विगतमा गुमेको लगानी फिर्ता आउन सक्ने छ । छोटोको यात्राको सम्भावना रहेको छ । पेट सम्बन्धी समस्याले सताउँला, सन्तानबाट धोका होला ।
वृष
तपाईको आजको दिनमा शेयर कारोबारबाट सामान्य लाभ लिन सक्नु हुने छ । ज्ञान बाड्ने काममा सरिक भईएला । ठुला मान्छेको संगतले प्रशन्न बनाउला। खानपानमा ध्यान दिनुहोला,फूड पोइजन हुने संम्भावना छ ।
मिथुन
तपाईको दिन आज सामान्य रहने छ । शेयर कारोबारबाट घाटा बेहोर्नुपर्ला ,सुरोपनमा धेरै बृद्धि देखिने हुँदा कडा खालको निर्णयहरु लिने अवस्था आउने छ । कमाईमा बृद्धि हुँदा अलि घमण्डिपनाले सताउने छ । लिइएका लक्ष्यहरु पुरा हुने क्रममा जाने छन् । पेशागत जीवनमा सफलता प्राप्त हुने छ ।
कर्कट
निर्णय लिनका लागि असाध्यै डर लाग्ने छ । दुविधात्मक सोचले गर्दा व्यक्तित्वमा पनि अन्योलता देखा पर्ने छ । भइराखेको आम्दानीमा बृद्धि नभए पनि पैतृक सम्पत्तिका कारण केही राहत भने मिल्ने छ । शेयर क्षेत्रमा सुधार आउने छ ।
सिंह
जोखिमपूर्ण कामहरुमा हात हाल्न मन लाग्ने छ । र केही सफलताहरु पनि प्राप्त हुने छ । आर्थिक अवस्था अनुकुल रहने छ । नेतृत्वदायी क्षमतामा निखारता आउने छ । साझेदारीका विषयहरुमा भने सचेत रही निर्णय लिनु होला । शेयर क्षेत्र शुभ रहने छ ।
कन्या
यौन जीवनमा कमजोरी देखिने र आरोप खेप्नु पर्ने खतरा रहेकाले संयमित रहनु होला । कमाईमा बृद्धि हुने छ ।परिवारका सदस्यहरुमा केही सुमधुरता आउन थाल्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।
तुला
पेशा व्यावसायमा सन्तोष मिल्ने छ । निन्द्रामा समस्या देखिँदा मानसिक दबाब उत्पन्न हुने छ । मनमा दुविधाको चक्रले घेर्ने छ । सवारीसाधन सम्बन्धि विषयमा सतर्क रही यात्रा गर्नु होला । शेयर क्षेत्र सकारात्मक दिशामा विद्यमान रहने छ ।
वृश्चिक
सुख दुःखमा पनि सकारात्मक सोच राख्ने व्यक्तित्व बन्ने छ । भगवानमाथि विश्वास गर्ने मात्रामा बृद्धि हुने छ । आर्थिक अवस्था अपेक्षाकृत शुभ रहने छ । नयाँ नयाँ मानिसहरुसँग भेटघाट हुने र सहकार्य गर्ने अवसर मिल्ने छ । शेयर बजार शुभ रहने छैन् ।
धनु
तपाइको आजको दिन पेशागत जीवनमा राहतको अनुभूति हुने छ । सकारात्मक बोलीको शैलीले गर्दा आफ्ना अनुयायीहरुको विश्वास बढ्ने छ । शेयर क्षेत्रमा धेरै उत्साही नहुनु होला ।
मकर
तपाइको आजको दिन अरुको आत्मसम्मानलाई त्यत्ति ख्याल नगर्ने सोचको व्यक्तित्व हुँदा अरुले निष्ठुर बुझ्ने छन् । चपेशागत जीवनमा उल्झनहरुको सामना गर्नु पर्ने छ । शेयर क्षेत्र औसत रहने छ ।
कुम्भ
भाग्यले साथ दिएको छ । चलाखीपनामा पनि बृद्धि हुने छ । बौद्धिकता दायरामा फराकिलोपना आउने छ । विभिन्न खाले आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । परिवारमा द्वन्दहरु देखा पर्ने छ । शेयर क्षेत्र औसत प्रकृतिको नै रहने छ ।
मीन
शेयर क्षेत्र मध्यम खालको रहने छ ।प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुँदा अरुले हेप्न सक्ने छैनन् । आफुलाई बढि मुल्यांकन गर्ने र अरुलाई कम मुल्यांकन गर्ने स्वाभाव हुने छ । बोलीमा कटुताको बृद्धि हुँदा अरु
प्रतिक्रिया