चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाईन आवेदन आह्वान

मंगलबार, २९ जेठ २०८१, ०९ : २५

काठमाडौँ-  चिकित्सा शिक्षा आयोगले  शैक्षिक सत्र २०८१–०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाका लागि अनलाईन आवेदन आह्वान गरेको छ । 

योग्यता पुगेका उम्मेदवारले जेठ ३० गते बिहान १०ः०० बजेदेखि २०८१ असार १८ गते मङ्गलबार अपराह्न ५ः०० बजेसम्म आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । 

असार १८ गते अपराह्न बजेपछि २५ गते अपराह्न ५ः०० बजेसम्म दोब्बर दस्तुर तिरी आवेदन गर्न सकिने आयोगको सूचनामा उल्लेख छ । 

मंगलबार, २९ जेठ २०८१, ०९ : २५

प्रतिक्रिया