टिपर दुर्घटना परी १ जनाको मृत्यु

मंगलबार, २९ जेठ २०८१, १४ : ०८

काठमाडौँ - अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ७ देउरालीमा टिप्पर दुर्घटना भएको छ । गएराति भएको दुर्घटनामा परी टिपर चालक २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीकी सूचना अधिकारी ईश्वरी अधिकारीले जानकारी दिइन् ।

ना ८ ख ६६४४ नम्बरको टिप्पर दुर्घटनामा टिपर -धनी ३३ वर्षीय रिषभ केसी र २९ वर्षीय सहचालक नवीन घिमिरे गम्भीर घाइते भएका छन् । उनीहरूको गुल्मी जिल्ला अस्पताल, तम्घासमा उपचारत भइरहेको छ । टिपर अनियन्त्रित भइ सडकभन्दा ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मंगलबार, २९ जेठ २०८१, १४ : ०८

प्रतिक्रिया