गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

मंगलबार, २९ जेठ २०८१, १८ : ४६

काठमाडौँ - गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१\०८२ का लागि नीति तथा कार्यक्रम गण्डकी प्रदेशसभामा आज प्रस्तुत भएको छ । प्रदेश सभामा प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममार्फत संघीयताको सवलीकरणमा जोड दिएको छ । संघ, प्रदेश र स्थानीय तह बीच सहकारिता, सहअस्थित्व र समन्वयमा आधारित सम्वन्धलाई थप प्रभावकारी हुने गरी कार्यक्रम र वित्तीय व्यवस्थापन गरिने उल्लेख छ । सरकारले हरित अर्थतन्त्र र जलवायू अनुकलनका कार्यक्रम, हरित अर्थतन्त्रको विकासका लागि प्राकृतिक स्रोत र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने तथा जलवायु अनुकुलनका कार्यक्रमलाई जोड दिइने भएको छ ।

मंगलबार, २९ जेठ २०८१, १८ : ४६

प्रतिक्रिया